नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

२०७९ जेष्ठ २१, शनिबार २०:१६ गते २०७९ जेष्ठ २१, शनिबार २०:१६ गते २०७९ जेष्ठ २१, शनिबार २०:१६ गते

कैलाली, २१ जेठ – धनगढी उपमहानगरपालिका-१ हाटबजारबा३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय सुमित्रा राना, सोही उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीय चन्द्रा बोहरा सोही महानगरपालिका-२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।

उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सचनाको धारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दारितु चौधरीको कोठाबाट १ हजार दरका थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *