काठमाडौं, २१ जेठ – मकवानपुर, हेटौडा पमहानगरपालिका-३ तिनताप्केमाना.५ च ३६२७ नम्बरको बलेरो गाडी अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही उपमहानगरपालिका-६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भका गाडीका चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रूकुम (पूर्व), सिस्ने गाउँपालिका-४ कोलबोटको उकालोमा रा.१ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-४ बस्ने ५०वर्षीया नन्दी बुढा पुन र १५ वर्षीय आकाश बुढाको घटनास्थलमैमृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुरा, अमरगढी नगरपालिका- भजनीपाटामा से.७ प३६२६ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २० वर्षीयसाजन ताम्राकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२६ स्थित सडकमा ग.८ प ८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा घर भएका ३६ वर्षीय नवराज राईगाईको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सैनिक अस्पताल फुलबारीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-११ रानीपाकडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट चितवन भरतपुर महानगरपालिका जागृतिटोल घर भई बुटवल-नारायणघाट सडक निर्माण कम्पनीको ल्याब टेक्निसियनमा कार्यरत ३५ वर्षीय देबेन्द्रबाबु सेढाईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

धादिङ, थाक्रे गाउँपालिका-१ ढाडेस्थित सडकमा ना.६ ख १५७२ नम्बरको ट्रकले बा.प्र.०३-००१ ह १८१७ नम्बरको अटोलाई शनिबार बिहान ठक्कर दिँदा अटो चालक नुवाकोट बेलकोटगडी नगरपालिका बस्ने ३५ वर्षीय कमल श्रेष्ठकोघटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *