अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ २२, आईतवार २२:२४ गते २०७९ जेष्ठ २२, आईतवार २२:२४ गते २०७९ जेष्ठ २२, आईतवार २२:२४ गते

काठमाडौं, २२ जेठ – धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ कात्राकबाट करिब १४ केजी अवैध लागूऔषध
गाँजा सहित कास्की पोखरा महानगरपालिका-१७ बस्ने ३४ वर्षीया टिका नेपाली लगायत ३
जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी
मलेखुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली, मरिण गाउँपालिका-७ जय मंगलस्थित प्रतिक्षालय छेउबाट करिब ९ ग्राम ५
मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत वेष्ट बंगाल
बानसगारा उत्तर लाईवरपारा बस्ने ४५ वर्षीय नजुर रहमान शेख नाम बताउने व्यक्तिलाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको
प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट करिब १ सय २० मिलिग्राम अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने
२१ वर्षीया कृतिका श्रेष्ठ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ
सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-५ बस्ने २८ वर्षीय रामचन्द्र चौधरीलाई करिब २ ग्राम
६ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, २६ ग्राम ३ सय मिलिग्राम चरेस, नगद
४७ हजार रूपैयाँ र ५ ग्रामको ढक १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको खैरो हेरोइन
सहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा
लागूऔषध चरेस, नगद र ढक फेला पारेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट करिब ४ सय
४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ किराना पसल संचालन गरी
बस्ने बझाङ जय पृथ्वी नगरपालिका-३ घर भएका २३ वर्षीय उमेश धामीलाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई
पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *