करेन्ट लागेर मृत्यु

२०७९ जेष्ठ २२, आईतवार २२:५० गते २०७९ जेष्ठ २२, आईतवार २२:५० गते २०७९ जेष्ठ २२, आईतवार २२:५० गते

काठमाडौं, २२ जेठ – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोल बस्ने ५२ वर्षीय दिल
बहादुर तामाङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै निर्माणाधिन घरको
ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको समिट
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुर, चौदण्डिगढी नगरपालिका-४ बस्ने ४७ वर्षीय धन कुमार राईको करेन्ट लागेर
शनिबार राति मृत्यु भएको छ । आफै सुत्ने कोठाको ढोका लगाउने क्रममा ढोका नजिक रहेको
तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चौदण्डिगढी हस्पिटल बेल्टारमा उपचारको
क्रममा मृत्यु भएको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ सिगाउँ बस्ने ३१ वर्षीय शैलेन्द्र रोकायको
करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित काने खोलामा करेन्ट लगाई
माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल
धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *