सुन तस्करीमा बाराही ज्वेलर्स दुबईका संचालक भुसालसहित ७ पक्राउ

२०७९ जेष्ठ २४, मंगलवार ०८:०१ गते २०७९ जेष्ठ २४, मंगलवार ०८:०१ गते २०७९ जेष्ठ २४, मंगलवार ०८:०१ गते

काठमाडौं – कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन ल्याउँदै गरेको अवस्थामा सुन तस्करी गिरोहका नाईके बाराही ज्वेलर्स दुबईका अध्यक्ष युवराज भुसालसहित सात जनालाई प्रहरीले ठुलो मात्रामा सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनका मालिक नवलपरासीका युवराज भुसालसहित गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक लोब्सान ग्याल्सेन र भारतीय नागरिक अमन राजपुत छन् ।


उनीहरूले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद गरेको छ । नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्ति भन्सार छली अवैध रूपमा सुन ल्याउँदै छन् भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीले लगाएको सर्ट, पेन्ट र अण्डरवेयरका विभिन्न भागमा सुनको पेस्ट बनाई उनिहरुले लुकाई छिपाई सुन ल्याएका थिए । सूचना प्राप्त भएपछि सुरेश र सन्दीपलाई केरकार गर्दा शंकास्पद देखिएन । तर, कपडा छाम्दा भने गह्रौँ थियो । शंका लागेर खोल्न लगाएर च्यात्दा कपडाको बीचमा सुन राखेको पाइएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । त्यसपछि सबै कपडा लगेर सुन निकालिएको थियो ।

उनीहरूलाई दुबईमा भीम लाहुरे नामक व्यक्तिले काठमाडौंमा सुन पठाउन लगाएको खुलेको कोइरालाले बताए । नेपाल आएपछि दुई जनालाई निर्मला घलानलाई सम्पर्क गर्न भनिएको थियो । उनीहरुलाई लिन आएकी बेला घलान पनि विमानस्थलबाटै पक्राउ परेको उनको भनाइ छ । उनलाई सोधपुछ गर्दा उनलाई दुबईबाट सन्देश तामाङ नाम गरेको व्यक्तिले म्यासेन्जरमा फोन गरेर सुन बुझ्न भनेका थिए । कपडा लिएर आउनेलाई निश्चित रकम दिएर पठाउन भनिएको थियो ।

सुन भएको कपडा दिनका लागि पाँच रुपैयाँको नोटको नम्बरलाई प्रयोग गरिएको खुलेको छ । घलानलाई कपडाको प्याकेज पाँच रुपैयाँको ण÷४७ ०१७‘. र थ÷९४ १५७५‘ नम्बरको नोट लिएर आउनेलाई दिनु भनिएको थियो ।

त्यहीअनुसार प्याकेज लिन पाँच रुपैयाँको नोटसहित बोक्साङ ग्याल्जेन र बरुणभक्त माथेमा आएका थिए । सोही आधारमा उनीहरूलाई प्रहरीले नोटसहित पक्राउ गरेको हो ।
सुनका संचालक नवलपरासी स्थायी घर भई युएईको बरदुबईमा बाराही ज्वेलर्स संचालन गरेका युवराज भुसाललाई पक्राऊ परेका अन्यको बयानपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बाराही ज्वेलर्सले योभन्दा पहिला पनि पटक–पटक ठुलो मात्रामा सुन नेपाल पठाएको भित्रि जानकारी प्रहरीलाई प्राप्त भए पनि यसपटक प्रमाणसहित पक्राऊ गरिएको प्रहरी स्रोतले बतायो । अब उनीहरुबाटै सुन तस्करीको ठुलो गिरोहलाई पक्राऊ गर्न सकिने प्रहरीले बताएको छ ।

स्रोत:- राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *