काठमाडौं, २४ जेठ – मकवानपुर, मनहरी गाउँपालिका-६ डिपाटस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर,वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, रुपनी गाउँपालिका-५ मुसहरनीया बसबिटि राजबिराज रुपनी सडकमा रुपनीबाट राजबिराजतर्फ जाँदै गरेको प्र ३-००१ ज ०२७७ नम्बरको विङ्गर गाडी आफै अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीमा सवार रुपनी गाउँपालिका-१ नरकटी बस्ने ६८ वर्षीय तारावती देवी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नरायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0