काठमाडौं, २५ जेठ – काठमाडौं महानगरपालिका-२४ न्यूरोडमा सोही महानगरपालिका-१२ टेकु बस्ने ३४ वर्षीय सुरेन महर्जन बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, शैल्यसिखर नगरपालिका-१ बारिलतोर्के बस्ने ४५वर्षीया अनिबा खडायत आफ्नै घरबाट करिब २ सय मिटर टाढा रहेको खरको कुन्निउमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । उक्त कुन्निउमा जलेको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पाल्पा, निस्दी गाउँपालिका-४ दर्घा घर भई मित्यालमा जग्गा भाडामा लिई कुखुरा फर्म खोली बस्ने ४९ वर्षीय कोष बहादुर खाम्चा सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ रानाचोक बस्ने २९ वर्षीय सुरज रेग्मी आफू सुत्ने कोठामै बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0