नेपाल स्वास्थ्य व्यवसायी महासंघका निबर्तमान वरिष्ठ उपाध्यक्ष केसी रिहा

२०७९ जेष्ठ २६, बिहीबार १७:४६ गते २०७९ जेष्ठ २६, बिहीबार १७:४६ गते २०७९ जेष्ठ २६, बिहीबार १७:४६ गते

जेष्ठ २६ – मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा शुल्क उठाएको आरोपमा श्रीर्जना मेडीकल सेन्टर र सुनापति मेडिकल सेन्टरका संचालक जीवनकुमार केसीलाई प्रहरीले केहि दिन पहिले पक्राउ गरी रिहा गरेको छ ।

निज केसीविरुद्ध बायोमेट्रिकका नाममा शुल्क उठाएको भन्दै जिल्ला अदालत ललितपुरमा २०७५ जेठ २४ गते सबै बायोमेट्रिक गर्ने सँस्थाका संचालकबिरुद्द मुद्धा परेको थियो।
उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सोही मुद्धा परेको थियो। उनी काठमाडौं र ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन ।

२०७५ सालमा तत्कालीन श्रम, रोजगार तथा सामािजक सुरक्षा मन्त्री गोकर्ण विष्टले बायोमेट्रिक गर्ने व्यवसायीहरूले मलेसिया जाने कामदारमाथि सिण्डिकेट लादेर अतिरिक्त रकम असुलेको भन्दै कारबाही अभियान चलाएका थिए।

बिस्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै माइग्राम, आइएससी, ओएसी वनस्टेप सेन्टर र बायोमेट्रिक खारेजीका लागि पराराष्ट्रमार्फत कूटनीतिक पहल गर्ने निर्णय गरेका थिए । त्यतिबेला ४४ व्यवसायीहरूलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका कतिपय व्यवसायीले सफाइ पाइसकेका छन्। कतिपयको मुद्दा अदालतमा विचाराधीन रहेको छ। कतिपय भने अझै फरारको सूचीमा छन्।
नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष समेत रहेका केसी पनि उक्त मुद्दामा धरौटीमा छुटेका छन ।


केसिले आफूलाई अदालतले सफाई दिए‌को बताए । उनले आफुजस्तै ३९ वटा स्वास्थ्य संस्थाले बायोमेडिकल स्वास्थ्य परिक्षण नेपाल सरकारसँग स्वीकृत लिएर गरेकोमा अनावश्यक दुख दिएकोमा खेद प्रकट गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *