अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ २६, बिहीबार १८:२९ गते २०७९ जेष्ठ २६, बिहीबार १८:२९ गते २०७९ जेष्ठ २६, बिहीबार १८:२९ गते

काठमाडौं, २६ जेठ – ईलाम, देउमाई नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमासोही नगरपालिका-७ बस्ने २० वर्षीय शम्भु लिम्बुमाई गरपालिका८ महमाई बस्ने १८ वर्षीय किशोर रहेका छन् प्रदेश ०३-००१ प १६५५ को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरू ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीलाई देख्नासाथ भागेपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई पक्राउ गरेको हो । साथै को.१३ प २१६६ नम्बरको मोटरसाकलमा सवार अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, अवैध लागूऔषध करिब १ ग्राम खैरो हेटोईन सहित पर्सा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका-१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सिसिटिभि फुटेजक आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका- बस्ने ४८ वर्षीय डिजेन राजबंशीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम, १ थान डिजिटल तराजु र नगद २ लाख ८४ हजार ७ सय ५० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्तपदार्थ, तराजु र नगद फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनीउपर गरिएको सोधपुछ तथा अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा पाँचथर फिदिम नगरपालिका-७ बस्ने २२ वर्षीय सुजन गुरुङको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *