गोकर्णेश्वरको सुन्दरीजल बाट वि लभ यु फाउन्डेसनको बृहत विश्वव्यापी सरसफाई अभियान शुरु

२०७९ जेष्ठ २७, शुक्रबार ०८:०२ गते २०७९ जेष्ठ २७, शुक्रबार ०८:०२ गते २०७९ जेष्ठ २७, शुक्रबार ०८:०२ गते

काठमाडौं जिल्लाको गोकर्णेश्वोर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको मध्यबिन्दु क्षेत्रभित्र पर्ने ओख्रेनि मा.बि सहिद पार्क, सुन्दरिजल क्षेत्रको नदि किनार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

वि.लभ.यु फाउन्डेशनको आयोजनामा बृहत बिश्वव्यापी सर-सफाई अभियान अन्तर्गत बागमती नदि किनार सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

एमाले केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वि लभ यु फाउन्डेसनका अध्यक्ष शोभाकर घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रममा गोकर्णेश्वोर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,रेडियो नेपालका वरिष्ठ सम्पादक अच्युत अर्याल,नयाँ पाटि सहकारीका अध्यक्ष गौतम खनाल,गोकर्णेस्वर नगरपालिकाका वडा नं १ का अध्यक्ष द्वारिका श्रेष्ठ लगाएत हजारौंको संख्यामा स्वयंसेवकको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयालले फोहोर बाट मोहर बनाउने फर्मुलालाई आम नेपाली जन समुदायले लागू गर्न जरुरी रहेको र हामीले फोहरलाई व्यवस्थापन गर्न सके मात्र सभ्य समाजको निर्माण गर्न सकिन्छ भन्ने कुरा आम जनप्रतिनिधिले बुझ्न जरुरी छ। फोहोर व्यवस्थापनको लागि स्थानिय निकायको महत्त्वपूर्ण भुमिका रहेकोले यस बिषयमा गम्भीर हुन् आग्रह गरेका थिए।

आयोजित कार्यक्रमको अन्त्यमा मन्तव्य राख्दै फाउन्डेसनका अध्यक्ष शोभाकर घिमिरेले बिश्व बाताबरण दिवसको उपलक्ष्यमा संन २०२२ विश्व व्यापी किलिन वल्र्ड अभियान लाई सार्धकता दिन हाम्रो फाउन्डेसन सदा सक्रिय रहने र बिगत आठ बर्ष देखि हामी निरन्तर रूपमा जनसेवामा सक्रिय रहेर काम गर्दै आएको अवगत गराउदै हामी २०७२ को भुकम्प पीडितलाई उद्धार देखि राहत वितरण संगै कोभिड १९ नियन्त्रणमा समेत हाम्रो संस्थाको सक्रिय भुमिका रहेको जानकारी गराएका थिए।

आयोजक संस्थाका सचिव नारायण श्रेष्ठले नदि सफा भए बाताबरण सफा रहने भएकोले नदि सरसफाइ कार्यलाई प्रारम्भ गरेको र यो अभियानलाई निरन्तरता दिने जानकारी दिएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *