८४ व्यञ्जन प्रवद्र्धनात्मक कार्यक्रममा प्रमुख अतिथिको उपराष्ट्रपति पुन

२०७९ जेष्ठ २७, शुक्रबार ०९:५१ गते २०७९ जेष्ठ २७, शुक्रबार ०९:५१ गते २०७९ जेष्ठ २७, शुक्रबार ०९:५१ गते

काठमाडौं उपराष्ट्रपति नन्द बहादुर पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको बताउनु भएको नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धन गर्नेउद्धेश्यले बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित होटल अमुप्रस्थमा आयोजित ८४ व्यञ्जन प्रवद्र्धनात्मक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दैउपराष्ट्रपति पुनले सो विचार व्यक्त गर्नुभएको हो

कुनै पनि ठाउँमा पाईने खाना विशुद्ध रुपमा खाना मात्र नभएर त्यो देशको पहिचान, देशको संस्कृति देशको गौरव जोडिने पनि उहाँले बताउनु भयो हाम्रो देश नेपाल विविधताले भरिएको तराई, पहाड हिमालको भौगोलिक बनावट हामी सबैलाई थाहा , यहाँ विभिन्न जातजातीको बसोबास हाम्रो भौगोलिक विविधतासँगै खानामा पनि हाम्रा विविधताहरु छन् जातिय विविधताहरुसँगै खानाको पनि विविधता नेपालको खाना सवोत्तकृष्ट उपराष्ट्रपति पुनले भन्नुभयो

परम्परागत रुपमा राजाका सेना, त्यसका कमाण्डर युद्धमा होमिने योद्धाहरुले ८४ व्यञ्जन भोजन लिने गरेको रोचक प्रसंग सुनाउनुहुँदै उपराष्ट्रपति पुनलेभन्नुभयो, “त्यसताका ८४ व्यञ्जनको परिकार बनाउने कला तत्कालिन राज्यले गोप्य राख्ने गर्दथ्यो किनकी विरोधीहरुले त्यो ८४ व्यञ्जनको खानाखायो भने विरोधी सेना तगडा हुन्छ मेरो सेना हार्ने सम्भावना हुन्छ, त्यसकारण सबैभन्दा उत्कृष्ट खाना मेरो सेनालाई दिनुपर्छ त्यसैले ८४ व्यञ्जनको सुत्रबाहिर ल्याईएको थिएन विस्तारै चौरासी व्यञ्जन शोखको रुपमा विकसित आएको देखिन्छ पछि राजा महाराजा ठूलाबडाले खाने चौरासी व्यञ्जनभनिन्थ्यो विदेशी पाहुनाहरुलाई उच्च सम्मानका लागि खुवाईन्थ्यो

उपराष्ट्रपति पुनले नेपालकोे कुटनीति संस्कृति झल्कने ८४ व्यञ्जनको संरक्षण जरुरी रहेको बताउनु हुँदै पाँच तारे होटल रेष्टुरेन्टहरुमा अनिवार्यरुपमा ८४ व्यञ्जनको मेनु राख्नु पर्नेमा जोडदिनु भयो ८४ व्यञ्जनको प्रबर्द्धनले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनु हुँदै उपराष्ट्रपति पुनले विदेशीपर्यटकहरुले नेपाल किन आउने भन्दा नेपाली ८४ व्यञ्जनको स्वाद लिन आउने भन्ने वातावरण सृजना गर्न उपस्थित सेफ खाद्यसँग सम्बन्धित सबैलाई ८४व्यञ्जन नेपालका सबै भूगोलमा पाईने खानको संरक्षणमा जुट्न आग्रह गर्नुभयो

कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रालिका अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रबर्द्धनमार्फत नेपालकोपर्यटनक्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो

उद्योगपति, व्यापारी, समाजसेवी, राजनीतिककर्मी, खाद्य क्षेत्रसंग सम्बन्धित विज्ञ तथा होटल क्षेत्रसंग सम्बन्धित विद्यालयका प्राध्यापक एवम् विद्यार्थीहरुलगायतको भव्य सहभागिता रहेको सो समारोहमा विभिन्न महानुभावहरुलाई हिमालयन हस्पिटालिटी अवार्ड, २०२० समेत प्रदान गरिएको थियो

काठमाडौंस्थित रे टेलिभिजन एचडीले सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *