पहिरोमा परी धनमाल क्षति तथा बाटो अवरोध

२०७९ जेष्ठ २७, शुक्रबार २०:४८ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:४८ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:४८ गते

काठमाडौं, जेठ​ – धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरे गाबस्ने ५५ वर्षीय नेत्र बहादुर खाँडको घर शुक्रबार बिहानको पहिरोमा पारी पुरिएको छ । उक्त घरमा नेत्र बहादुर खाँड बस्दै आएको बुझिएपछि प्रहरी चौकी सल्यानकोट चिसापानी र अस्थाई प्रहरी पोष्ट आगिनचोकबाट खटिएको प्रहरीले जेसिबिको सहयोगमा माटो हटाउने कार्य गरिरहेको छ ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-४ साखरस्थित पृथ्वीराजमार्गको सडकखण्ड शुक्रबार बिहान भासिँदा मुग्लिनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको कारबा.३३ प १०८१ नम्बरको नम्बरको मोटरसाइकल सय मिटर तल भासिएरमस्याङदी नदको खोजमा खसेक छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले, नेपाली सेना र सशस्त्र प्रहरी बलको सहयोगमा उद्धार कार्य गरिरहेको छ । मोटरसाइकलमा सवार २ जनालाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ ।

यसैगरी नहुँ, भानु नगरपालिका-३ कुरकुना र सोहीनगरपालिका-१ रमाईलो डाँडास्थित डुम्रे बेशिसहर सडकमा अविरर्षाको कारण गएराति पहिरो जाँदा रूख ढली बाटो अवरोध भएको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ मेलम्चीस्थित इन्द्रावती खोलामा शुक्रबार बिहान आएको बाढले खोलामा हिमपाइप राख अस्थायी रुपमा निर्माण गरेको बाटो बगाउँदा सोही नगरपालिका वडा नम्बर १० तथापाचपोखर थाङपाल गाउपालिका जाने बाटो पूर्णरुपमा अवरोध भएको छ ।

घटनास्थल नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पहिरो हटाउने तथा उद्धार एवं थप अनुसन्धान कार्यगरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *