काठमाडौं, जेठ – रूपन्देही, शुद्धोधन गाउँपालिका-१ कुस्माबाट करिब १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका-४ बस्ने २९वर्षीय दिपक थापा२६ वर्षीया मनिषा वि रहेका छन् । लाका प्रहरी कार्यालय रन्यौराबाट टिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-१ मनवा बस्ने २० वर्षीय सुनिल पटेल र सखुवा प्रसौनी गाउँपालिका-१ बस्ने ४५ वर्षीय चन्द्रदेव महतो रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेको प्रदेश २-०३-०२० प ३८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका३ बैबाहबाट करिब ग्राम ६ सय ९० मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका-२ महौलिया बस्ने २५वर्षीय सुबास चौधरी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु.८४ प ८१०८ नम्बरको मोटरसाइकलला ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२४ पामेबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-८ घर भएका २७ वर्षीय मनिष थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ भकुण्डेबाट पामेतर्फ जाँदै गरेको ग.४ प ८६१८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पामेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

सुनसरी, बराहक्षेत्र नगरपालिका-९ छब्बिसपाइवस्थित बाँसको झाडिमा लुकाई राखेको करिब ७० केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । विशेष चनाको आधारमा प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा वटा बोरामा लुकाई राखेको उक्तपरिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-२ देवीस्थानबाट करिब २ केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीलदेख्नासाथ प्र.१-०२-४८ प ६२४६ म्बरको  मोटरसाइकल छाड चालक फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *