काठमाडौं, २८ जेठ – ईलाम, सूर्योदय नगरपालिका-७ सुकेपोखरीस्थित सडकमा झापाबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९१९३ नम्बरको स्कारपिओ आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा स्कारपिओमा सवार झापा बिर्तामोड नगरपालिका-३ बस्ने ५७वर्षीय इश्वरी प्रसाद खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कारपिओका चालक सहित ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पाँचथर, फालेलुङ गाउँपालिका-३ नाम्लोवास्थित सडकमा पञ्चमुखीबाट थोक्लेवुङतर्फ जाँदै गरेको प्र.१-०२-००३ त १८५४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० फिट तल खसेर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको छ ।
कैलाली, गोदावरी नगरपालिका-५ सुदुर फुट नजिक सडकमा से.१ त ३१०१ नम्बरको ट्याक्टरले चेम्फा ट्याक्टरलाई शनिबार दिउँसो ठक्कर दिँदा चेम्फा ट्याक्टरका चालक गोदावरी नगरपालिका-५ गेटी बस्ने २० वर्षीय सुबास चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाउनको मायामेट्रो अस्पताल धनगढी हुँदै सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-२ भाँसी व्यारेलमा से.१ त ९६६८ नम्बरको ट्याक्टरले से.२ प ५६५८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बारकुण्डा बस्ने ३५ वर्षीय तेज सिंह धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११नमुनाचोकस्थित सडकमा रोकी राखेको प्र.२–०३–००१त ४३७३नम्बरको ट्याक्टरमा बा.प्र.०३–००५प ३७२६ नम्बरकोमोटरसाइकल ठोक्किएर शनिबार बिहान दुर्घटना हुँदामोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-२ बस्ने१५ वर्षीय मनिस दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारकोक्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको छ ।
Views: 0