काठमाडौं, जेठ – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थिसडकमा एनएल०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदामोटरसाइकल चालक सोही उपमहानगरपालिका-९ पशुपतिनगर स्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाते भएका उनीहरूको हेटौडा अस्पतालमाउपचारको क्रममा मृत्यु भएको हो । ग्या बुलेट चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लु.८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दिया सानोश्री बस्ने ४१ वर्षीयर्य प्रकाश वलिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा भे.१० प २७११ नम्बरको मोटरसाइकलमा सवार २ जना सामान्य घाते भएका छन् ।

बर्दिया, बासगढी नगरपालिका-स्थित चोकमा बाग्मती प्रदेश ०३-०१-००६ ख ३६११ नम्बरको ट्रकले बा.२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिदा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।

सुनसरी, कोशी गाउँपालिका-५ स्थित सडकमा को.२ च३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहताको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराटनरसिंह होम अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किन गई पैदलयात्रीलाई समेत ठक्कर दिएर दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार चालक समेत ६ जनाको बिराटनरसिंह होम अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेत, पञ्चपुरी नगरपालिका-३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिकको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *