काठमाडौं, ३० जेठ – ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गौशला बस्ने धनुषा सबैला नगरपालिका–१० बस्ने ४५ वर्षीया अनुराधा कुमारी साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउगरेको हो ।
उनलाई थप अनुसन्धानका लागि आइतबार ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी पठाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0