काठमाडौ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र बिकास समितिका पदाधिकारी नियुक्ति र पदको चरम दुरुपयोगको बारेमा जनसवाल रास्ट्रीय दैनिकले पर्दाफास गरेपछि मन्त्रालयले निर्णय बदल्न बाध्य भएको छ । समितिमा एकै घरका श्रीमान र श्रीमती पदाधिकारी चयन भएपछि चौतर्फी बिरोध भएको थियो । समितिमा एकैघरका अध्यक्ष राजकुमार लामा र श्रीमती धनीमाया तामाङ सदस्य भएका थिए ।


नितिगत अनियमितता बारे अख्तीयार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकायमा उजुरी परेपछि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन शुरु गरेका थिए ।
सोमबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले सदस्यद्वय धनीमाया तामाङ र कुमार तामाङलाई पदबाट बर्खास्त गर्दै जानुका भण्डारी र श्याम खड्कालाई नया नियुक्ति गरेको छ ।

यस अघि कुमार तामाङ सदस्य रहदा बैठकमा सधै फरक मत राख्दै आउने गरेका थिए । तामाङले नै समितिमा भस्ट्राचार भएको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएका थिए । तामाङले समितिका अध्यक्ष राजकुमार लामाको कार्यशैली ठिक नभएको र आफुले पटक-पटक मन्त्रालयमा उपस्थित नै भएर अध्यक्ष लामाको मातहतमा काम गर्न नसक्ने जानकारी गराएको बताए । तामाङले मन्त्रालयले समितिका अध्यक्षको श्रीमती धनिमायालाई मात्रै हटाएर नहुने जनाउदै अध्यक्ष नै परिवर्तन गर्नुपर्ने बताए ।

अन्यथा स्थानियहरुले आन्दोलनमा उत्रने उनले दावी गरे ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *