इलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जना पक्राउ

२०७९ असार २, बिहीबार ००:३३ गते २०७९ असार २, बिहीबार ००:३३ गते २०७९ असार २, बिहीबार ००:३३ गते

काठमाडौं, १ असार – ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका-२ घर भई ललितपुर बालकुमारी बस्ने १९ वर्षीय अंकित भुजेल, धादिङ थाक्रे गाउँपालिका-७ घर भई ललितपुर च्यासल बस्ने २४ वर्षीय सरोज खतिवडा, धादिङ थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय बिजय थापा, काभ्रे मण्डनदेउपुर नगरपालिका-१२ घर भई ललितपुर बालकुमारी बस्ने ४० वर्षीय बिनोद शाही, भारत बिहार मोतिहारी आदारपुर थाना घर भई धादिङ धुनिबेसी नगरपालिका-६ बस्ने ३२ वर्षीय किशोर कुमार साह र धादिङ गल्छी गाउँपालिका-७ घर भएका २६ वर्षीय राम पण्डित रहेका छन् ।

उक्त गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका व्यक्तिहरुले गोदामको चाबी मिलाई सामानहरू चोरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्र गरेको अनुसन्धानबाट खुल्न आएकोछ । साथै उनीहरुबाट २० थान टिभि, सेट एयर कण्डिस्नर, २ कार्टुन सिलिङ पङ्खा, ३ थान टेबल पङ्खा, २ कार्टुन उफर, १ थान वासिङ मेशिन१ थान ग्याँस चुलो प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *