दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९ असार २, बिहीबार ००:३९ गते २०७९ असार २, बिहीबार ००:३९ गते २०७९ असार २, बिहीबार ००:३९ गते

काठमाडौं, १ असार – दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका संचालक कार्कीले दुबई (युएई)मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट लाख पैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *