काठमाडौं, २ असार – धादिङ, बेनिघाटरोराङ गाउँपालिका-१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुङगा सहितको सुख्खा पहिरो खसेरप्र.३-०३-००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडीमा सवार चितवन ईच्छाकानमा गाउँपालिका-४ बस्ने २० वर्षीय सिद्धान्त थापाको मृत्यु भएको छ । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालिकोट, अबिरल वर्षाको कारण बुधबार बेलुका खाँडचक्र नगरपालिका-२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिकको मृत्यु भएको छ । खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाईबगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिककी श्रीमतीलाई घाइते अवस्था उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल मान्म पठाएको छ । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-७ लिम्बा खोलास्थित राँके रवि भेडेटार भित्री सडकमा माथिबाट पहिरो झरी रविदेखि धनकुटा बुधबारे जाने बाटो बुधबार पूर्णरूपमा अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले स्थानीयसँग समन्वय गरी अवरोध सडकखुलाउन आवश्यक पहल गरिरहेको छ ।
रूकुम (पूर्व), सिस्ने गाउँपालिका-६ रानीकोट, सोही गाउँपालिका-७ र ८ चिसापानी, कौछेको भिर धाउन्ने सोलावाङ सडकको ठाउँ ठाउँमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध सडका खुलाउनआवश्यक पहल गरिरहेको छ ।
पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
Views: 0