काठमाडौं, २ असार – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आधुनिक प्रविधि, नविन सिप र दक्षताको प्रयोग गरी मानव्रोत व्यवस्थापन तथा दैनिक प्रशसनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभा र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा उक्त विभागमातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक सिंहले आफले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले निष्पक्ष, पारर्शी र इमानदाएवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले संवेदनशीलविभागीय कामप्रति स्पष्ट नियत राखी गोपनियता कायम गर्दैअसल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबा सदुपयोग गरी काम गर्न निर्देशन दिनुभयो । भवन निर्माणमा मितव्यिता एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोडदिनुभयो ।

उक्त अवसरमा प्रशासन विभाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बि.ी.मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापालेआ-आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतकरण गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *