५१ किलोग्राम अवैध लागूऔषध हेरोइन सहित सात जना विदेशी नागरिक पक्राउ

२०७९ असार २, बिहीबार १९:४७ गते २०७९ असार २, बिहीबार १९:४७ गते २०७९ असार २, बिहीबार १९:४७ गते

काठमाडौं, असार – अवैध लागूऔषध ५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निरन्तर एक साताको निग्रानीका क्रममाकाठमाडौं ठमेल तथा वरपरका होटलबाट पक्राउ परेका उनीहरुलाई बिहीबार सोही ब्यूरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरको हो

पक्राउ पर्नेहरूमा दक्षिण अफ्रिकन नागरिकहरू राहदानी नम्बर ए०९८२४५७० वाहक २९ वर्षीया SIBISI THANDEKILE, राहदानी नम्बर ए०६३७६९८१ बाहक ४६ वर्षीया MURIEL QEDUKWAZI THEMBENI NSAMBA, राहदानी नम्बए०५८८५७०२ वाहक ३९ वर्षीया TSHABALALA KHANYISILE YVONNE, राहदानी नम्बर ९८२०५२१ वाहक ३६ वर्षीया ROSINAH NONQELE JANTJE, राहदानी नम्बर ९८३२६८६ वाहक २९ वर्षीया MAHLAKO MAUREEN MATHIBA, राहदानी नम्बर ए०९२५२१४६ वाहक ३७ वर्षीया MOROESI SUZAN KOFU राहदानी नम्बर ए०९१८६०३४ वाहक ३० वर्षीया MARLESE BADENHORST रहेका छन् ।

उनीहरूमध्ये SIBISI THANDEKILEMURIEL QEDUKWAZI THEMBENI NSAMBA लाई १६ केजी सेतो हेरोइन, TSHABALALA KHANYISILE YVONNEलाई ८ केजी सेतो हेरोइन, ROSINAH NONQELE JANTJEलाई ८ केजी सेतो हेरोइन, MAHLAKO MAUREEN MATHIBA लाई ७ केजी सेतो हेरोइन सहित जेठ ३० गते पक्राउ गरेको हो । साथै MOROESI SUZAN KOFU लाई ४ केजी सेतो हेरोइन र २ केजी खैरो हेरोइन तथा MARLESE BADENHORST लाई ६ केजी सेतो हेरोइन सहित जेठ ३१ गते पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा रहेका विभिन्न निकाय तथा ईकाईहरूसँग समन्वय गरी काठमाडौं ठमेल तथा वरपरका एरियामा संचालन गरेको एक हप्ता कारवाहीको क्रममा विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *