काठमाडौं, २ असार – काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटार हिलेटोलबस्ने मोरङ घर भएका २७ वर्षीय असन पुरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकीनाग टोलस्थित टहरोमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, अर्जुन्धारा नगरपालिका-७ मिलडाँडा बस्ने ९०वर्षीय हरि बहादुर बस्नेत आफ्नै ओछ्यानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । आवश्यक सोधपुक्षका लागि उनकै छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-८ भवानीपुरस्थित आफ्नै घरमा ७६ वर्षीय चक्र बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पूर्व), बुलिङ्टार गाउँपालिका-६ घुमौरीघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन, नखुलेका व्यक्ति बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, देवदह नगरपालिका-१० बड्डाँडास्थित रोहिणी नदीमा सोही ठाउँ बस्ने गुल्मी मुसिकोट नगरपालिका-२ घर भएका ५८ वर्षीय मित्र बहादुर माझी बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान भैंसी चराउन गएकोमा नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0