बाढी पहिरोका कारण सडक अवरोध

२०७९ असार ३, शुक्रबार १६:३७ गते २०७९ असार ३, शुक्रबार १६:३७ गते २०७९ असार ३, शुक्रबार १६:३७ गते

काठमाडौं, ३ असार ​- लमजुङ, बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । स्थायी प्रहरी पोष्ट उदिपुरबा खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोडक खुलाउन आवश्यक पहल गरिरहेको  छ ।

म्याग्दी, रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनीजोमसोम सडकखण्ड अरोध भएको छ । स्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नहुँ, शुक्लागण्डकी नगरपालिका-७ स्थित बेलचौतारा-भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ । लाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन वर्षाको कारण बगाई गएराति सडक अवरोध भएकोछ । लाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोडक खुलाउनआवश्यक पहल गरिरहेको छ ।

बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य समेत गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *