आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०७९ असार ३, शुक्रबार १६:३९ गते २०७९ असार ३, शुक्रबार १६:३९ गते २०७९ असार ३, शुक्रबार १६:३९ गते

काठमाडौं, ३ असार ​- बाँके, कोहलपुर नगरपालिका-११ हरियाली मार्गस्थित मिसन टुडे छापाखानाको कार्यालयमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

बागलुङ, बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित न्यूधौलागिरी जुत्ता चप्पल उद्योग सोही नगरपालिका-१ रामरेखा बस्ने राजकुमार शर्माको स्नेहा मोटर पार्ट्स् पसलमा एराति आगलागी हुँदा जुत्ताचप्पल उद्योग र मोटर पार्टस् पसल पूर्णरुपमा जलेर करिब ६५ लाख रुपैयाँ बराबर धनमाल जलेर नष्ट भएको छ । घरभित्र फसेका ४ जनालाई नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२४ धापाखेल गणेश मन्दिरस्थित नन्द बहादुर श्रेष्ठले सञ्चालन गरेको गाई फर्ममा कुँडो पकाउने क्रममा गएराति आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकोविवरहाल खुलेको छैन ।

नवलपरास(पश्चिम), सुनवल नगरपालिका-११ केरवानीस्थित मोतीलाल भट्टराईको कुखुरा फर्ममा परेको चट्याङबाट विद्युत र्ट शुक्रबार बिहान आगलागी हुँदा ७ सय वटा कुखुरा तथा फर्म पूर्ण रुपमा जलेर करिब १० लाखरुपैयाँ बराबरको धनमाल नष्भएको छ ।

प्रहरी, स्थानीयासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *