काठमाडौं, ३ असार – ताप्लेजुङ, श्रीजंघा गाउँपालिका-७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी रबुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् । साथै पहिरोमापुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वाराकोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।
धादिङ, गंगाजमुना गाउँपालिका-७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ ।उनको घर अविरल बर्षाको कारण भत्किँदा उनी पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी बुढाथुमबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शव फेला पारेको हो ।
लमजुङ, वेसिशहर नगरपालिका-६ खरखरे भिरमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा वेसिशहर मनाङ सडकखण्ड अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले बाटो खुलाउन आवश्यक पहल गरिरहेको छ ।
Views: 0