बारा कलैया २०७९/०२/२७ गते अं.१५:०० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.९ स्थित फुल महमद मिँया धुनियाको आँप बगैचामा रहेको फुसको छाप्रो घरमा ऐ.ऐ. बस्ने वर्ष ७२ को अहमद मिँया चुडिहारलाई कर्तव्य गरी मारी ढोकामा बाहिरबाट ताल्चा लगाई राखेको अवस्थामा मृतक लास फेला परेको घटनाको सम्बन्धमा सुक्षम रूपमा अनुसन्धान तहकिकात गर्दै जाने क्रममा मिति २०७९/०२/२६ गते राती अं.२०:३० बजेको समयमा ऐ.ऐ.बस्ने स्व.धनराज साह तुरहाको छोरा वर्ष ३१ को बजरंगी साह तुरहाले कर्तव्य गरी मारी मृतकसँग भएको मोवाईल तथा केहीनगद रूपैया समेत खोसी वारदात पश्चात फरार भएकोभनि खुल्न आएको हुँदा निजलाई खोजतलासको क्रममा मृतकले प्रयोग गर्ने मोबाइल सेट सहित पक्राउ गरी निज उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५(पाँच) को म्याद अनुमती लिई हिरासतमा राखी थपअनुसन्धान भइरहेको।
Views: 0