काठमाडौ, ३ असार – परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असर सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा सुरक्षा सम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यवसायिक ज्ञान अभिबृद्धि तथा संस्थात सहकार्य प्रवर्धन गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित सुरक्षाविद् गेजा शर्मा वाग्लेले उपस्थित वरिष्ठ प्रहरीअधिकृतहरूले राखेका जिज्ञासाहरू निरूपण गर्दै नेपाल सरकारले राष्ट्रको ुरक्षाको लागि तर गर्ने नीतिहरूलाई अन्तर्राष्ट्रिय अभ्यासहरूको अनुरण गर्दै जानुपर्नेमा जड दिनुभयो । साथै राष्ट्रको ुरक्षाको लागि तायर गर्ने नीतिहरूमा बै सुरक्षा निकायक अत्यन्तै महत्वपूर्ण ूमिका हुने विचार उहाँले व्यक्त गर्नुभयो ।

सुरक्षाविद् वाग्लेले भूराजनीतिको अवधारणा र परिभाषा, नेपालको सन्दर्भमा भूराजनीतिको बहस, एसिया र दक्षिणएसियाको भूराजनीतिकस्बिर, अर्थतन्त्रको प्रक्षेपण, अर्थतन्त्रको दृष्टिले एसिया : तथ्य र तथ्याङक, नेपालको भूराजनीतिकृष्टिले संवेदनशील पक्षहरू, नेपालमा पर्ने भूराजनीतिक असर, निष्कर्ष तथा सुझाव समन्धीप्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले सुरक्षाविद् गेजा शर्मा वाग्लेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यलेधन्यवाद जञापन व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमलेराष्ट्रको ुरक्षाको लागि तर गर्ने नीतिहरूमा फलदायी भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्रप्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकहरूको समेत उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *