काठमाडौं, असार – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा चोकमा बा.९८ प ४२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति ुर्घटना हुँदा चालक ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने २१ वर्षीय बिजय श्रीमालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर इन्टनेश्नल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतलामा उपचार भइरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका-९ गणेश चोकमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१० बस्ने ३७वर्षीय उमेश दराईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भर घाते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका२९ ढोडेनीमा बाटो खन्ने क्रममा बा.३ क २६९२ नम्बरको स्काईभेटरको चेनमा पर्न जाँदा स्काईभेटरका सहचालक सोही महानगरपालिका-२३ बस्ने २२ वर्षीय निरन्जन थापाको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ मुलपानी चोकमा लु.६५ प १८४४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हुम्ला चङ्खेली गाउँपालिका-१ बस्ने २४ वर्षीय हरिहादुरऐडीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँसुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका-४ राजखोर पानी ट्याङ्की नजिक ज.१० प २०६६ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-४ बस्ने ५० वर्षीय गनेशी थापाको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीरघाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *