काठमाडौं, ३ असार – ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-५ स्थित मन बहादुर राईको घरमा भाडामा रहेको वडा कार्यालयमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, टिभी, फर्निचरको सामानहरु लगायत विभिन्न कागजपत्रहरु जलेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरकोधनमाल नष्ट भएको छ । साथै आगलागीबाट मन बहादुर राईको करिब ३ लाख रुपैयाँ बराबरको मालसामान समेत जलेर नष्ट भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित सोही उपमहानगरपालिका-४ बस्ने बिकेस कुमार केशरीको पान पसलमा आइतबार राति आगलागी हुँदा पसलको सामान, फर्निचर लगायत विभिन्न सामानहरू जलेर करिब २० लाखरुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
गुल्मी, ईस्मा गाउँपालिका-३ रामकोट बस्ने तुल्सी खत्रीको गोठमा पानी तताउन बालेको आगोबाट आइतबार साँझ आगलागी हुँदा गोठमा रहेको घाँस, दाउरा, काठ र टिन समेत गरी करिब ५ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0