तामाङ चलचित्र काख्रे ( गंगटो) को टेलर सार्वजनिक असार १८ देखि प्रदर्शन हुने

२०७९ असार ९, बिहीबार १३:१० गते २०७९ असार ९, बिहीबार १३:१० गते २०७९ असार ९, बिहीबार १३:१० गते

काठमाडौ ९ असार । तामाङ चलचित्र काख्रे ( गंगटो) को टेलर सार्वजनिक भएको छ। तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक संगै प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ।

कोभिड १९ र बन्दाबन्दीका कारण लामो समय देखि प्रदर्शन रोकिएको चलचित्र “काख्रे” (गंगटो) आउँदो असार १८ गते देखि प्रदर्शन हुने भएको छ ।चलचित्रमा रितुराज पाख्रिन‚ सुनिता लुङ्बा‚ कुइसाइ रुम्बा‚ प्रभा घिसिङ‚ पदम पाख्रिन‚ सिङबहादुर तामाङ‚ प्रबल थिङ‚ किरण साजन‚ सपना वाइबा‚ कोपिला घिसिङ‚ किरन‚ माया स्याङ्बो लगाएतको अभिनय रहेको सो चलचित्रलाई रोशन फ्युवाले निर्देशन गरेका हुन्।

ऋतुराज पाख्रिनको कथा लेखन,रामसि तामाङको निर्माण,प्रकाश तामाङको छायांकन,अजय स्याङतानको नृत्य निर्देशन,रोशन फ्युवाको सम्पादन,राजु किरातको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा सह निर्माताको रूपमा शेखर थापा , शंकर पुडासैनी र सरिता तामाङ रहेका छन्।

उक्त चलचित्रमा समाबेश गितमा साङगे ब्लोन र रिन्जिन लामाको शब्द,बिशाल काल्तान र रिन्जिन लामाको संगित र शशिकला मोक्तान र रिन्जिन लामाको स्वर रहेको छ।

ग्रामीण परिवेशमा हुर्किएको तामाङ समुदायको एक युवक राजधानी आएर गरेको संघर्ष र भएको परिवर्तन सङै भोगाइमा आधारित कथा समाबेश सो चलचित्र मनोरञ्जन संगै संदेश बोकेको चलचित्र बनेको निर्देशक रोशन फ्युवा बताउँछन्। चलचित्र “काख्रे” (गंगटो) को टेलरलाई एल्म्सी डिजिटल मिडिया को अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *