मावन वेचविखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

२०७९ असार ९, बिहीबार २२:२५ गते २०७९ असार ९, बिहीबार २२:२५ गते २०७९ असार ९, बिहीबार २२:२५ गते

मोरङ, असार – मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ मुर्ति डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका-४ सपही बस्ने १९वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

उनीले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यलेबिराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *