बारा, १० असार - निजगढ नगरपालिका-१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर बकैया गाउँपालिका-३ बस्ने ३३ वर्षीय लाल काजीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्र.३-०२-०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेकीमहिलाले बोकेको झोला फाली जंगलतर्फ भागि फरार भएकोमा सो झोला र मोटरसाइकल चालक लाल काजीले बोकेको झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0