मृत अवस्थामा फेला

२०७९ असार १२, आईतवार ०९:१९ गते २०७९ असार १२, आईतवार ०९:१९ गते २०७९ असार १२, आईतवार ०९:१९ गते

काठमाडौं, ११ असार – दाङ, राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अस्थामा फेला परेका छन् ।

काभ्रे, पाँचखाल नगरपालिका-स्थित मकैबारीमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भई हाल पाँचखालमा डेरा गरी ज्यामी काम गरी बस्ने २० वर्षीय सरोज नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका४ न्यरोड डेरा गरी बस्ने भारत घर बताउने २५ वर्षीया संगिता कटुवाल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं, तारकेश्वर नगरपालिका११ नेपालटार बस्ने सुर्खेत घर भएकी ३५ वर्षीया दिल माया बिश्वकर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, भरतपुर महानगरपालिका३ स्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुशनिबार मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर, भोजपुर नगरपालिका-४ ओडारे बस्ने ४० वर्षीयपदम बहादुर थापा आफ्नै घर नजिक रहेको बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । बुधबारदेखि आफ्नै घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

कास्की, पोखरा महानगरपालिका-२२ पिपलडालीस्थित फुस्रे खोलामा सोही ठाउँ बस्ने वर्षीय तेजनाथ बराल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँची, पाणेनी गाउँपालिका-२ कमैघारी बस्ने ७४वर्षीय तुल्सीराम सुर्यवंशी आफ्नो घर नजिक बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *