काठमाडौं, १२ असार – बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानीस्थित दिनेश दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ५६ वर्षीय कृष्ण काजी श्रेष्ठ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय १५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0