काठमाडौं, १२ असार – शंखरापुर नगरपालिका–९ स्थित रुपेन्द्र थापाको घरबाट सुनका विभिन्न गहना, नगद ८० हजार रुपैयाँ, १ थान आईफोन र १ थानआईप्याड गरी करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान लुटपाट भएको छ ।
उक्त घरमा अपरिचित ६ जना व्यक्तिहरुले घरका परिवारलाई धारिलो हतियार देखाई उक्त धनमाल लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथप्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका–१ सिरुटार ढलेपिपलस्थित रमा जोशी पौडेलको घरमा रहेको एन्आईसी एशिया बैंकबाट २ थान सिपियू, २ थानमनिटर र १ थान सिसिटिभीको व्याकअप साथै रमा जोशीको १ थान चाँदीको करुवा, १ तान चाँदीको थाली र ८ थान चाँदीको सिक्का गरी करिब ३ लाख२२ हजार रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ । साथै बैंकमा रहेको २ थान सिसिटिभीको फिक्स क्यामेरा फुटाएको पाइएको छ ।
महोत्तरी, जलेश्वर नगरपालिका–६ मलिबरा बस्ने दिलिप कुमार मिश्रको घरबाट १ थान ल्यापटप, १ थान मोबाइल, १५ तोला चाँदीको लकेट, ४ तोलासुनको पउचि, ५ तोला सुनको हार र अन्य १० तोला सुनका विभिन्न गहनाहरू गरी करिब १९ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।दिलिप कुमार सपरिवार गत सोमबार भारत मुज्जपरपुरस्थित आफन्तको विवाहमा गएको अवस्थामा शनिबार घर फर्कि हेर्दा अपरिचित व्यक्तिहरूलेघरको ताल्चा फोडी उक्त धनमाल चोरी गरी लगेको भन्ने बुझिएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0