बारा – प्राप्त सूचनाको आधारमा आज मिति २०७९/०३/१२ गते बिहान यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट भन्सार छलीचोरी पैठारी गरी तपसिलमा उल्लेखित पिकप गाडीमा किराना सामग्रीले छोपी तथा पानीको खाली ट्याङ्की भित्र राखी लुकाई छिपाई नेपाल भित्राएको८० वटा ग्यालनमा रहेको १२०० लिटर पाम आयल तेल तथा उक्त तेल ओसार पसार गर्न प्रयोग गरेको २ वटा पिकप गाडी र सो कार्यमा संलग्न ४ जनामानिसहरू समेतलाई बारा जिल्ला अतरगत विभिन्न स्थानबाट पक्राउ गरी आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको।
सि.नं. | गाडी नं. | विवरण | परिणाम | अं. मुल्य | कैफियत |
१ | ना ३ च ५२३२ | पकप गाडी | १ थान | १०,००,०००/- | |
२ | ना ५ च ६१६ | पकप गाडी | १ थान | १०,००,०००/- | |
३ | – | पाम आयल | ८० जार | २,८०,०००/- | |
– | किराना सामग्री | – | ४२,०००/- | ||
जम्मा रकम | २३,२२,०००/- |
पक्राउ मानिसहरू
१. जि.बारा क.उ.म.न.पा. वडा नं.१५ बस्ने रजाक मियाँको छोरा वर्ष २६ को मैरुदिन अंसारी ।
२. ऐ.ऐ.बस्ने रजाक मियाँको छोरा वर्ष २० को खैरुदिन अंसारी ।
३. ऐ.वडा नं.१७ सुराही टोल बस्ने सैनुदिन मियाँ अंसारी वर्ष २१ को मुन्ना अंसारी ।
४. जि.बारा परवानीपुर गाउँपालिका वडा नं.१ बस्ने बिसुन महतोको छोरा वर्ष २२ को संजय महतो ।
Views: 0