गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ

२०७९ असार १३, सोमबार ०८:३५ गते २०७९ असार १३, सोमबार ०८:३५ गते २०७९ असार १३, सोमबार ०८:३५ गते

सिरहा, १२ असार – लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही गरपालिका-२२ बेली जटियाही बस्ने १९ वर्षीयसुशान्त चौधरी१५ वर्षीय किशोर लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाते भएको र प्रादेशिक अस्पताल लहानहुँदै थप उपचारको लागि धरान घोपा रिफर भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *