पाल्पा, १३ असार – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रिप्दिकोट गाउँपालिका-६ वाङ्गसुरुङ बस्ने ३१वर्षीय भक्त बहादुर झेडी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भक्त बहादुरले ती बालिकालाई गत मंगलबार साँझ स्थानीय वाङ्गसुरुङ सामुदायिक जंगलमा ललाई फकाई लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0