कैलाली, १३ असार – प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कारका चालककञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई अपरिचित तीन जनाले कुटपिट गरी कार लिएर फरार भएका छन् ।
कञ्चनपुर भिमदत्त नगरपालिकाबाट डडेलधुरा आलितालतर्फ जाँदै गरेको उक्त कार कैलाली गोदावरी नगरपालिका-४ गाईमारेमा आईपुग्दा भिमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी आइरहेकाती ३ जनाले चालकलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट समेत गरी उनको मोबाइल, पर्स र कार समेत लिएर फरार भएका थिए ।
खोजी गर्ने क्रममा उक्त कार गोदावरी नगरपालिका-४ स्थित शान्तिनगर जाने भित्री सडकमा फेला परेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0