अवैध लागूऔषध सहित पक्राउ

२०७९ असार १९, आईतवार ०७:३२ गते २०७९ असार १९, आईतवार ०७:३२ गते २०७९ असार १९, आईतवार ०७:३२ गते

काठमाडौं, असार – तनहुँ, बन्दिपुर गाउँपालिका-२ गैरागाँउ बस्ने ४५ वर्षीयराजन श्रेष्ठला रि ७ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले तलासी गर्दा कोठामा लुकाईराखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाकरिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बैजनाथ गाउँपालिका-३ सिमलघारी बस्ने वर्षीय अमन रोकामगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । रुपैडिहाबाट नेपालगंजतर्फ आउदै गरेकउनलाई लाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

िन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ गुरुजीबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर  हेटौडा उपमहानगरपालिका-१६ हटिया बस्ने २५ वर्षीय अनिल कुमार नगरकोटी र रौतहट चन्द्रपुर नगरपालिका-९ सिन्दुरे बस्ने ३५ वर्षीय नवराज बि रहेका छन् ना.४६ प १३३० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकिङ ग्लासको रबरभित्र र दुवै जनाको साथबाट उक्त वस्तु फेला पारी उनीहरलाई पक्राउ गरेको हो ।

यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट करिब २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ२० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राजेपाम र नाइट्राभेट सहित मोरङ रामथान गाउँपालिका-१ लखन्तरी बस्ने २३ वर्षीय रोशन कुमार भगतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख ११७४ नम्बरको हाइसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनले झोलाभित्रलुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सिया भन्सार नजिक सडकबाट २ ग्राम सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ बोतल नियन्त्रित लागूऔषध उइन्सिरेक्ससहित या उपमहानगपालिका-४ घुसुकपुर बस्ने बारा गढीमाई नगरपालिका-२ जोलगावा घर भएका २० वर्षीय सिद्धान्त कुमार यादव सहित ३ जनालाई शुक्रबार रातिप्रहरीले पक्राउ गरेको छ ।  भारतको रक्सौलबाट नेपालतर्फ आउदै गरेको बागमती प्रदेश ०२-०३६ प २६५६ र प्रदेश २-०३-०२१ प १०९५  नम्बरको मोटरसाइकललाई डा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले जागर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

मकवानपुर, ेटौंडा उपमहानगरपालिका-१ जरुवाटोलबाट करि१२ किलो अवैध लागूऔषध गाँजा, करि५० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ, नगद ७३ हजार सय रुपैयाँ१ हजार भारतय रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका भैराङ बस्ने ४१ वर्षीय सुक बहादुर गोले र सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश बल रहेका छन् । चुनियाबाट हेटौडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ७०२८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूले प्रहरी चौकी भैसेमा खटिएको प्रहरीले जाँच गर्न खोज्दा भागेपछि उक्त टोलबाट नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीलथप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *