नेपाल प्रहरी श्रीमती संघ र एन-प्याबसनबीच सम्झौतापत्रमा हस्ताक्षर

२०७९ असार २०, सोमबार ०७:४८ गते २०७९ असार २०, सोमबार ०७:४८ गते २०७९ असार २०, सोमबार ०७:४८ गते

काठमाडौं, असार – नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवसिय विद्यालय एसोसिएशन नेपाल (एन-प्याबसन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरलाई एन-प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्तिथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरी श्रीमती संकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र एन-प्याबसनकोर्फबाट एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षरगर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो

कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त्राकृतिक प्रकोप, आपद विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मुल्याङकन गर एन-प्याबसनले प्रदान रेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरआगामी दिनमा अझै विस्तारित हने कामना उहाँले व्यक्त गर्नुभयो ।

एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले राम्रो काम थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक हयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

एन-प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०‍+२ सम्मक लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्तिपर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतमाउल्लेख गरिएको छ । प्रस्तुत सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ । 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, श्रीमती संघका पदाधिकारीहरु, एन-प्यावसनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेकोथियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *