काठमाडौं, असार – काठमाडौं महानगरपालिका६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराज सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईको उक्त होटलमा जुवा खेलीरहेक भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा सल्यान शारदा नगरपालिका-११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *