काठमाडौं, २० असार – दाङ, तुलसीपुर उपमहानगरपालिका-६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मी, मुसिकोट नगरपालिका-१ सिंग्ले सलुनीटोल बस्ने ५९वर्षीय गोपाल सार्कीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लाग्दाउनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
बारा, परवानिपुर गाउँपालिका-५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0