काठमाडौँ , राजश्व अनुसन्धान विभाग,नेपाल प्रहरी,रास्ट्रबैंक लगाएतका निकायले विदेशी मुद्राको अबैधानीक कारोवार अर्थात हुन्डीको कारोवार गर्नेलाई कहिले काहि कार्वाहि गरेको जस्तो गरेपनि रेमिटेन्स भित्रने मुख्य देशहरुमा खुलेआम हुन्डीको कारोवार हुने गरेको छ । केहि रेमिटेन्स कंपनी,नेपालमा रहेका केहि बैंक र मनि ट्रान्सफरको आडमा धेरै रेमिटेन्स भित्रने मुलकहरु मलेसिया,युएई,कोरिया,जापान, अस्ट्रेलियालगाएतका देशबाट खुलेआम हुन्डी भैरहेको छ । सरोकारवाला निकाय नेपाल रास्ट्र बैंक ,अर्थमन्त्रालय लगायतलाई यो सबै जानकारी हुदा पनि कानमा तेल हालेर बस्ने गरेको छ ।
विदेसबाट प्रत्यक महीना ४० लाखभन्दा बढी नेपालीले विदेशको कमाई अर्थात विदेशी पैसा नेपाल पठाउने गरेपनि धेरै ठुलो रकम अबैधानिक बाटो हुन्डीमार्फत आउने गरेकाले नेपालमा विदेशी पैसाको अभाव भएको छ । बिदेशबाट आउने रकम हुन्डीका बिचौलियामार्फत ति देशमै संकलन गरि उताको पैसा उतै महंगोमा बिक्री गरि नेपालमा नेपाली पैसा दिने गर्दा अहिलेको समस्या उत्पन्न भएको अर्थविदहरु बताउछन । अर्थविदहरुले विदेशको उक्त रकम बैधानीक बाटोबाट ल्याउन नसकेसम्म नेपालमा विदेशी मुद्रा संकट नै हुने बताउछन । तर यसबारेमा सरोकारवाला निकायलाई जानकारी हुदा हुदै पनि तेता ध्यान नदिनाले हाल देशले ठुलो घाटा बेहोरेको छ ।
बैदेशिक रोजगारीमा जाने कामदारका लागी मेनपावर कंपनीले पठाउने कमिसन ,विदेश पढ्न गएका बिधार्थीहरुका लागी आवश्यक रकम, विदेशमा ब्यापार गर्ने ब्यावसायी,विदेशबाट अबैधानीक रुपमा भित्र्याऊने सुन,बिधुतीय सामाग्रीहरु र अन्य विदेशबाट सामान आयात गर्नेहरुलाई हुन्डीका एजेन्टहरुले उक्त रकम बिक्री गर्ने गरेका छन । हुन्डीका एजेन्टहरुले श्रमिकमैत्री मुलकहरु मलेसिया,कोरिया,युएईका विभिन्न कंपनीहरुमा एजेन्ट नै राखेर बैंकको दरभन्दा केहि बढी रकम दिएर हुन्डी संकलन गरि बेच्ने गरेका छन । यसरि विदेशमा नेपालीहरुको पसिनाले कमाएको रकम विदेशमै प्रयोग गरि स्वदेशमा नेपाली पैसा दिनाले केहि एजेन्टहरुले पैसा कमाएपनि देश रित्तो हुने गरेको छ ।
हुन्डीका एजेन्टहरुले नेपालका केहि रेमिटेन्स कंपनी,केहि बैंक र आन्तरिक रेमिट कंपनीको प्रयोग गरि आफ्नो धन्दा चलाइरहेका छन । सरोकारवाला निकायको असक्षमताको कारण अबैधानीक हुन्डीको जालो दैनिक बढदो छ ।अबैधानीक रुपमा हुन्डीको जालो बढीरहेको अवस्थामा राजश्व अनुसन्धान विभागले बिदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा हालै मुद्दा दायर गरेको छ । विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि पौडेललाई छानबिन गरिएको थियो ।
पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा उक्त कारोवार गरेको देखिएको विभागले उल्लेख गरेको छ । विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानूनी क्रियाकलपा गरेको पाइएकाले रु आठ करोड २३ लाख २६ हजार ८०६ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी अबैधानीक रुपमा भित्रिएको रकमको बारेमा रास्ट्रबैंक चनाखो भएर कारवाही गरे अबैधानीक हुन्डीको कारोवार घटने अर्थविदहरु दावी गर्छन ।जनसवालबाट साभार
Views: 0