सर्लाही, २१ असार – हरिवन नगरपालिका-११ स्थित सुनिता किराना पसलबाट १ थान कटुवा पेस्तोल र पेस्तोलको १ राउण्ड गोली सहित पसल सञ्चालक सोही ठाउँ बस्ने ४३ वर्षीय छोटेलाल दासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनको पसल तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त पेस्तोल र गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0