काठमाडौं, २१ असार – मकवानपुर, भिमफेदी गाउँपालिका-९ लामिडाँडा घर भई हाल हेटौंडा उपमहानगरपालिका-३ सरस्वती टोलस्थित च्याउ फार्ममा काम गरी बस्ने २७ वर्षीय सानु कान्छा बम्जन हेटौंडा उपमहानगरपालिका-३ स्थित हाँडी दह खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर फुलबारी चोकस्थित गोल्डेन ब्रिज बोडिङ स्कुलको छतमा सोही नगरपालिका-७ हल्दुखाल बस्ने २२ वर्षीय प्रेम सिंह धामीमंगलबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका-२ भाटटोल बस्ने ८२ वर्षीय जित बहादुर कानु मगर सोही ठाउँस्थित शिव माविको कम्पाउण्ड बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् । कावासोती बजार जान्छु भनी सोमबार बिहान हिँडेका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-५ तिनाउँ नदी नहरको कुलोमा भारत गोरखपुर बस्ने १७ वर्षीय पुजारी भन्ने सनी कुमार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, कपुरकोट गाउँपालिका-५ बुढाटोल बस्ने ४८ वर्षीयासाबित्री कुमारी बुढा आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0