काठमाडौं, २२ असार – काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, बरहथवा नगरपालिका-५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-७ बेतही खोलाकिनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा, रामपुर नगरपालिका-७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका-५ बस्ने स्याङ्जा चापाकोटहिलेमराङ स्थायी वतन भएका ६९ वर्षीय भुवन दमाई मंगलबारमृत अवस्था फेला परेका छन् ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी करिब ५३ वर्षीया माँया बाई मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी कपिलवस्तु, महाराजगंज नगरपालिका-६ सानो बटहनियास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0