एनआरएनए एनसिसि मलेसियाले बृहत् कार्यक्रम गर्दै, ‘टुल्की’ पहिलो पटक मलेसियामा

२०७९ असार २३, बिहीबार १०:५७ गते २०७९ असार २३, बिहीबार १०:५७ गते २०७९ असार २३, बिहीबार १०:५७ गते

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा भइरहेको समस्या तथा समसामायीक विषयमा छलफल गर्न बृहत् अन्तरक्रिया कार्यत्रम गर्ने भएको छ।

एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा हुने कार्याक्रममा मलेसियाका लागि नेपाली कार्यबहाक राजदूत मोतीबहादुर श्रीष, दुतावासका अधिकारी मलेसियामा रहेका विभिन्न संघ सस्थाका पधादीकारी, पत्रकार तथा समाजसेवीको सहभागिता रहने बताइएको छ।

कार्यक्रम आउँदो शनिबार दिनको १ बजे आयोजना गरिएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए।

पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए।

कार्यक्रममा दुतावासले गरेका कार्याक्रम तथा प्रगति बिवरण सार्वजानिक गर्ने छ। त्यसैरी कार्यक्रममा बहुपति प्रर्थामा आधारीत नेपाली चलचित्र ‘टुल्की’को समेत विशेष प्रदर्शनी हुनेछ। चलचित्र ‘टुल्की’ पहिलो पटक मलेसियामा विषेश प्रदर्शनी हुन लागेको निमार्ता शेखर लामाले बताए।

नेपालको डोल्पामा छायाकंन गरिएको ‘टुल्की’ बहुपति प्रर्थाको पहिलो नेपाली चलचित्र हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *