अवैध लागूऔषध सहित पक्राउ

२०७९ असार २४, शुक्रबार ०९:०४ गते २०७९ असार २४, शुक्रबार ०९:०४ गते २०७९ असार २४, शुक्रबार ०९:०४ गते

काठमाडौं, २३ असार – मकवानपुर, भिमफेदी गाउँपालिका- भैसेबाट करिब ६ किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-४ झ्याङे बस्ने २४ वर्षीय विजय लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चुनियाबाट हेटौडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक विजयलाई पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-७ पुरानो चोहर्वाबाट ६ सय नियन्त्रित लागूऔषध नाइट्राजेपाम र करिब १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका-१० बस्ने २५ वर्षीय नरेश कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीरुपेश कुमार यादवरहेका छन् । ज.४ प ६४१८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक महतोको साथबाट उक्त पदार्थ र मोटरसाइकलमा सवार यादवको साथबाट उक्नाइट्राजेपाम फेला पारी पक्राउ गरेको हो । साथै  प्र २-०१-००३ प  ५२७८ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपलिका-११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेकछ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाटटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *